आज वि.सं.२०७७ असार २४ गते वुधबार/जुलाई ८ तारिखको राशीफल हेर्नुहोस्

Spread the love

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मित्रजनहरुको प्रशन्नताका निम्ती अधिक समय ब्यतित गर्नु पर्नेछ । यात्राका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा सामान्य ब्यवधान प्राप्त हुनेछ मध्यान पश्चात भने पारीवारिक मनोरञ्जनका निम्ती अधिक समय खर्चनु पर्नेछ । आम्दानिको क्षेत्र मध्यम रहनेछ ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्थीर क्षेत्रको तर्फ गरीएको लगानी उत्तम रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । कार्यसम्पादनमा बिशेष सजग रहनु पर्नेछ । मध्यान पश्चात भने सामान्य यात्राको सम्भाबना रहेकोछ मित्रजनहरुको साथ सहयोग द्वारा अधुराकार्यहरु सम्पादन हुनेछन ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मिथुन राशि :का, कि, कु, घ, ङ, छ, के, को,

सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । जिवन साथीको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ रहेता पनि मध्यान पश्चात अनावश्यक खर्चको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्थान परीर्वतनको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासले आधात पूर्याउन सक्नेछ । स्वास्थमा सामान्य सुधार आउन सक्नेछ । मध्यान पश्चात भने नयाँकार्य प्रारम्भ गर्न उत्तम समय रहनेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित हुनेछ । प्रेम सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साजेदारी कार्यका क्षेत्रमा बिशेष साबधान रहनु होला । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । आय आम्दानि मध्यम रहेता पनि मध्यान पश्चात अधिक खर्चको योग बन्नेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । प्रतिश्पर्दिहरु बृद्धिहुनाले कार्य सम्पादनमा सजग रहनु होला ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मान्यजनको साथ सहयोगमा गरीएका कार्यहरु प्रभाबकारी रहन सक्नेछ । सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मनग्य आम्दानिका श्रोत फेला पर्नेछन ।

तुलाराशि : र,रि, रु, रे, रो, ता, ति, तु, ते

मनको चन्चलताले कार्य सम्पादनमा झन्झट निम्त्याउनेछ । गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभा सम्मेलनमा सहभागीता मिल्नेछ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ ।स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । यात्राका निम्ती अधिक समय ब्यतित रहनेछ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मनोबिलासिताका सामान खरीद योग रहेको छ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । खानपानमा बिशेष ध्यान दिनु होला ।

मकर राशि :भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नजिकका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । सामान्य खर्च हुने योग रहेको छ । प्रतिपक्षी सबल रहनेछन । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । मनोरञ्जनका निम्ती समय ब्यतित हुनेछ ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । आफुभन्दा सानाको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मीन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य तनाव उत्पन्न हुन सक्नेछ । भौतिक साधनको किनमेलमा सामान्य खर्चहुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । आय आर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *