कार्यकारी अधिकृत र लेखापालविरुद्ध गाउँपालिका प्रमुखले नै दिए उजुरी

Spread the love

मुगु : कोरोना राहत कोषको रकम अनियमिता गरेको र विना काम योजनाको रकम भुक्तानी गर्न लागेको भन्दै सोरु गाउँपालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध प्रशासनमा उजुरी दिएका छन् ।

राहत कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको र काम नभएको योजनाको रकम भुक्तानी दिन लागेको भन्दै शाहीले कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय मुगुमा आइतबार उजुरी दिएका हुन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कोरोना महामारी नियन्त्रणको लागि गाउँपालिकामा खडा गरेको स्थानीय तह प्रकोप व्यस्थापन कोषमा प्रदेशबाट १५ लाख गाउँपालिकाबाट ७५ लाख छायाँनाथ सहकारीबाट ५० हजार किर्डाक शाखाबाट ३ लाख र अन्य निकायको सहयोग सहित १ करोड भन्दा बढी रकम जम्मा थियो ।

अरु रकम कोरोना रोकथाका विभिन्न शीर्षकमा खर्च भए पनि कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत र लेखापालले गोप्य रुपमा झिकेर हिनामिना गरेको प्रमुख शाहीको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत र लेखापालले सोरु गाउँपालिका— ८ तारापानी–नुवाकोट–रुम सडकखण्डको कुनै काम नै नगरी उपप्रमुख राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेको र उक्त चेक आफूले जफत गरी प्रशासनमा पेश गरेको अध्यक्ष शाहीको दावी छ ।

उक्त सडक निर्माणका लागि गाउँपालिकाले आव २०७६÷०७७ मा १५ लाख बजेट बिनियोजन गरेको थियो । उपप्रमुख बमले ४ लाख अग्रिम पेश्की लिएको सोही रकम अनुसारको काम नै नगरी बाँकी ९ लाख २१ हजार भुक्तानी लिन खोज्दा चेक समेत जफत गरेको शाहीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढाले भने गाउँपालिका प्रमुखको आरोप झुटो भएको बताएका छन् । कोषमा रहेको १९ लाख रकम हिनामिना गरेको आरोप पनि झुटा रहेको उनले प्रतिक्रिया दिए ।

साथै रकम हिनामिना नभएको उनको भनाइ छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि जिल्ला बाहिर रहेका सोरु गाउँपालिकाका स्थानीयहरुलाई उद्धार गर्दा यातायातमा खर्च भएको उनले बताए । यस्तै गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल (बम) र अध्यक्षबीच मनमुटावका कारण आफू र लेखापाललाई आरोप लगाएको बताएका छन् । जीवन सेजुवालले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *