बझाङमा पहिराले १७ घर पुरिए, बेपत्ता सातमध्ये तीनको शव भेटियो

Spread the love

बझाङ : बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका – ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सात जना बेपत्तामध्ये तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार राति १२ बजेतिर पहिरो आएको हो।

वडाध्यक्ष गणेश बोहराकाअनुसार ११ वर्षकी सुन्ता जेठारा, ७ वर्षकी अस्मीता जेठारा र ११ वर्षका प्रयागराज जेठाराको शव भेटिएको छ भने अन्यको बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुमा ८० वर्षका दले जेठारा २० वर्षका जिरजा जेठारा, ४४ वर्षकी रामदेवी जेठारा र ७ वर्षकी शान्ता जेठारा रहेका पनि उनले घटनास्थलबाट जानकारी दिए।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

पुरिएकी रामदेवी जेठाराका मृतक भेटिएका छोरा प्रयागराजसहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छन् । पुरिएका घरको पशु चौपायसहित खाद्यान धन सम्पति पनि क्षति भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए। जगदीश रोकायाले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *