इन्जिनियरको कमाई पाँच करोड ३० लाख

Spread the love

काठमाडौं : सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध अकुतसम्पत्ति आर्जनमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

उनीविरुद्ध तीन करोड २१ लाख ६२ हजार विगो कायम गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी श्रीमती रितादेवी खनाललाई प्रतिवादी बनाएको छ।

३६ वर्षको सार्वजनिक सेवामा उनले ५ करोड २९ लाख ४२ हजार कमाएका छन्। जसमा २ करोड ७ लाख ७९ हजार मात्रै वैध आर्जन देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

सार्वजनिक सेवामा प्रवेश पश्चात आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै स्रोत नखुलेको रकमसमेत अस्वभाविक मात्रामा बैंकिङ कारोवार तथा विभिन्न बैंक खातामा रकम जम्मा गरी शेयर लगानी लगायतका आफु अनुकूल लगानी खर्च गर्ने गरेको देखिन आएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सडक विभाग अन्तर्गत बसी गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्चजीवनयापन गरिरहेको उजुरीमा अख्तियारले आचार्यविरुद्ध अनुसन्धान गरेको हो।

२०४१ साल असोज २२ मा नेपाल सरकारको सरकारी सेवा अन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सवओभरसियरबाट आचार्य जागिरे जीवनमा प्रवेस गरेका थिए।

अस्थायी नियुक्तिमा सेवा प्रवेश गरेका आचार्यले २०४३ असार २१ मा ओभरसियपदमा स्थायी नियुक्ति पाएका थिए।

यसपछि पश्चात् विभिन्न कार्यालयमा कार्यरत रहँदै २०६४ माघ १ मा इन्जिनियरमा पदोन्नति भएका थिए।डिभिजन सडक कार्यालय चरिकोट, दोलखा हुँदै हाल सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजात एवं सम्वन्धित व्यक्तिले खुलाई दिएका व्यहोरा ले सार्वजनिक सेवामा प्रवेशदेखि २०७६ जेठ मसान्तसम्मको जाँचअवधिमा सार्वजनिक सेवामा रही २ करोड ७ लाख ७९ हजार आय आर्जन गरेको देखिएको छ।

अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी खर्चमा ५ करोड २९ लाख ४२ हजार हजार खर्च तथा लगानी गरेको देखिंएको छ।आयको अनुपातमा ३ करोड २९ हजार ,६२ हजार बराबरको भागलाई निजको वैध आयस्रोतले खामेको पाइएन।

आचार्यविरुद्ध दुई वर्ष कैद र विगो बमोजिमको रकम जफतको माग दाबी विशेष अदालतमा मुद्दा दायर गरिएका छ।

आचार्यले आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति श्रीमती रितादेवी खनाल नाममा राखेको पाइएकोले उनीविरुद्ध जफत गर्ने प्रयोजनार्थ प्रतिवादी कायम गरी विशेष अदालत, काठमाडौंमा आरोप९पत्र दायर गरिएको छ। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *