कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

Spread the love

बागलुङ : बागलुङ जिल्लाकी संघीय सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । छन्त्याल लामो समयदेखि मुटुको समस्याबाट ग्रसित थिइन्। काठमाडौँस्थित गंगालाल हृदय रोग केन्द्रमा उपचाररत छन्त्यालको बुधबार बिहान ९ बजे निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुवँरले जानकारी दिए ।

६६ वर्षीया सांसद छन्त्याल दुई साता बढी समयदेखि अस्पतालमा उपचाररत थिइन् । मुटुको समस्या बढ्दै गएपछि लिम्पुयाधुरासहितको नयाँ नक्सा जारी गर्ने ऐतिहासिक बैठकमा उनी उपस्थित हुन सकिनन् ।

उनी हाल अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्दै समानुपातिक नेपाली कांग्रेसकातर्फबाट सांसद बनेकी थिइन् । छन्त्याल दोस्रो संविधानसभामा बागलुङ क्षेत्र न.२ बाट निर्वाचित संविधान सभा सदस्य समेत हुन् । दिल शिरीषले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *