साईप्रसबाट स्वदेश फर्कनेहरुलाई जुलाई ३ तारिखका दिन चार्टर्ड फ्लाइट हुने : अवसरका नगुमाउन दूतावासको अनुरोध

Spread the love

दिनेश गौतम, साइप्रस । साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ताका लागि जुलाई ३ तारिखलाई अवसरका रुपमा लिनुपर्ने नेपाली राजदुतावास ईजरायलका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिएका छन । प्रवक्ता घिमिरेले यसअघि आफूहरुले आशा गरेको नेपाल एयरलाईन्सलाई महामारीको समयमा साईप्रस सरकारलगायत युरोपियन युनियनले चार्टर गर्न नदिएपछि अत्यन्त दुखी भएको भन्दै फेरि नेपाल सरकारलाई साईप्रसका नेपालीहरुलाई जसरी पनि उद्धार गर्नु पर्ने आग्रह गरेको जानकारी दिएका थिए ।

दूतावास र साईप्रसका सघंसस्थाहरुकै आग्रहमा नेपाल सरकारले धेरै मिहनेत गरी कतार एयरवेजसँग कुरा गरेर जुलाई ३ तारिखका लागि जहाज फिक्स गरेकोले यसलाई अवसरका रुपमा लिन सम्पूर्ण साईप्रस र ईजरायलमा बसोबास गर्ने नेपालीहरुलाई आग्रह गरेका छन् । उनले साईप्रसबाट नेपाल जानेहरु शुरुमा धेरैले नाम दर्ता गराएको तर टिकट काट्नेहरुको संख्या न्युन रहेको भन्दै साईप्रसमा समास्यामा रहेकाहरुलाई साईप्रसमा रहेका सघंसस्थाहरु मिलेर स्वदेश फर्काउन आग्रह गरे ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कतार एयरवेजले आफूहरुलाई सकभर धेरै भन्दा धेरै नेपालीहरु टिकट काटेमा फ्लाईट गर्न सहज हुने बताएकोले अब जो नेपाली समास्यामा छन् उनीहरुका लागि यस्तो अवसरपछि नआउने र नेपालमा पनि लकडाउन बढिरहेको अवस्थामा फेरि अर्को जहाज कहिले फ्लाईट गराउन सकिन्छ भन्ने टुगों नभएको घिमिरेको भनाई थियो । नेपाल जानका लागि कुनै पनि समास्याहरु छन् भने आफूहरुलाई यथाशिघ्र सम्पर्क गर्न र नाम दर्ता छुटेकाहरुले राजदुतावासमा पासपोर्ट न. फोन नं. लगायत ब्यक्तिगत विवरण जुन १ तारिखसम्म टिपाउन आग्रह गरे ।

दुतावासले प्रायः हरेक दिन साईप्रस तथा ईजरायलमा रहेका नेपालीहरुलाई उद्धार गर्नका लागि आफ्नो समाजिक संजाल फेसबुक पेजबाट सुचनाहरु प्रवाह गरिरहेको र दुतावासमा आएका सबै ईमेल, फोनहरुको जवाफ दिइरहेको घिमिरेले बताए । घिमिरेले जुलाई ३ तारिख साईप्रसमा रहेका नेपालीहरुलाई उद्धार गर्नका लागि अन्तिम विकल्प रहेकोले जो नेपाल जान चाहेका छन् उनीहरु सक्दो छिटो टिकट काटेर सीट सुरक्षित गर्न सबैमा अनुरोध गरे । घिमिरेका अनुसार आफुहरु साईप्रसमा रहेका नेपालीहरुको समास्याप्रति अत्यन्त गम्भिर भएर काम गरिरहेको र कोही नेपालीहरु समस्यामा पर्न नदिनका लागि निरन्तर नेपाल सरकार र साईप्रस सरकारलाई चिट्ठी मार्फत वा फोन मार्फत आग्रह गर्दै काम गरिरहेको बताउए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *