२२१ बीओपीमध्ये १३२ वटा स्थापना, कहाँ कहाँ छन् र अब कहाँ थपिँदै छन् ?

Spread the love

काठमाडौं – सरकारले बोर्डर आउट पोष्ट- बीओपीको संख्या एक सय १४ वटा थप गर्ने निर्णय गरेसँगै सिमामा सुरक्षा टोलीको गस्ती थप बाक्लिँदो छ। सरकारले गत वर्ष बीओपीको संख्या बढाएर २ सय २१ वटा पुर्‍याउने निर्णय गरेको थियो।

हालसम्म एक सय ३२ वटा स्थापना भएका छन्। चालु आर्थिक वर्षमा मात्र २५ वटा बीओपी स्थापना भएका छन्। भारतले आफ्नो भूमि दावी गरिरहेको कालापानी क्षेत्र नजिकसम्म बीओपी स्थापना भइसकेको छ।

चीनतर्फको सीमामा चार वटा बीओपी स्थापना भएका छन्। यसअघि चिनतर्फ बीओपी स्थापना भएको थिएन। भारतसँगको सिमामा मात्र एक सय २८ वटा बीओपी छन्। नेपाललाई तीनतिरबाट भारत र उत्तरतर्फ चीनले घेरेको छ।

अब ८९ वटा बीओपी थप्न बाँकी छ । ती बीओपी कहाँ कहाँ राख्ने भन्‍नेबारे गृह मन्त्रालयले निर्णय गरिसकेको छ । सिमाको सुरक्षा शसस्त्र प्रहरी बल-एपीएफले गर्छ । एउटा बीओपीमा प्रहरी निरिक्षकको कमान्डमा ३५ जनाको टोली हुन्छ ।

२२१ बीओपीमध्ये १३२ वटा स्थापना, कहाँ कहाँ छन् र अब कहाँ थपिँदै छन् ? हेर्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *