कोरोनाले मृत्यु हुनेको संख्या २३ पुग्यो : ९,०२६ संक्रमित

Spread the love

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका-५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्यारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

गौतमका अनुसार मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । ६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो ।

आइतबार संक्रमण पुष्टि भएकामध्ये ६४ महिला र ३५७ पुरुष छन् । कुल संक्रमित ९०२६ मध्ये ८२० महिला र आठ हजार दुई सय ६ पुरुष छन् । कोरोनाले ज्यान गुमाएका २३ मध्ये चार महिला र १९ पुरुष छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २२ प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ८ र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ छन् भने आइसोलेसनमा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ ।

आइतबार मात्र ८ महिला र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या भने १७ सय ७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष रहेका छन् । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *