एनआरएनए एशिया प्रशान्त महिला संयोजकहरुको बैठक सम्पन्न, महिला कल्याणकारी कोष स्थापना गर्ने

Spread the love

नमस्ते नेपाली, लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया तथा प्रशान्त क्षेत्रका राष्ट्रिय समन्वय परिषद (एनसीसी) महिला संयोजकहरुको बैठक सम्पन्न भएको छ ।

जुन १७, २०२० मा जुम प्रबिधिबाट एनआरएनएको एशिया प्रशान्त क्षेत्रका महिलाहरुको पहिलो बैठक क्षेत्रकी महिला संयोजक अमृता थापाको संजकत्वमा सम्पन्न भएको हो। बैठकमा एनआरएनए उपाध्यक्ष रबिना थापा, महिला संयोजक भूमा लिम्बुको बिशेष उपस्थिति रहेको थियो।

त्यसैगरी राष्ट्रिय समन्वय परिषदहरु जापानकी महिला संयोजक संघिता अधिकारी सुबेदी, कोरियाकी महिला संयोजक सुभद्रा पालुङवा, मकाउकी महिला संयोजक सर्मिला राइ, चाइनाकी महिला संयोजक सबिता बर्तौला, थाइल्याण्डकी महिला संयोजक मेघा चन्द उपस्थित रहनु भएको थियो।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

बैठकमा संघको उपाध्यक्ष रविना थापाले संघका गतिबिधि, महिला बिभागको स्वरुप र संरचना अनि कामहरुबारे जानकारी गराउनु भयो। त्यसैगरी महिला संयोजक भूमा लिम्बुले महिला र बालबालिकाहरुको अवस्था र उनीहरुको लागि आवश्यक कार्यक्रमबारे बताउनु भयो।

बैठकमा कोभिड १९ ले विश्व भरिमा नेपाली महिला र बाल-बालीकाहरुमा परेको असरबरुबारे छालफल भएको थियो। बैठकले नेपालमा कोभिड १९ का क्वारेण्टिन्मा सुरक्षा, पर्श्नल हाइजिन, दैनिक जीवनका गतिबिधि सहज बनाउन महिलाहरुको लागि छुट्टै क्वारेण्टिनको ब्यबस्था हुनुपर्ने निष्कर्ष सहित माग राखेको छ।

त्यसैगरी मेन्टल हेल्थ, डोमेष्टिक भायोलेशन लगायतका विषमा पनि छलफल र निर्णय भएका छन्।

एनसीसी थाइल्याण्डकी महिला संयोजक मेघा चन्दले मेन्टल हेल्थ अवार्नेशको प्रोजेक्टको संयोजन गर्ने निर्णय गरिएको छ।

डोमेष्टिक भायोलेशन, यौन उत्पीडन संबन्धित प्रोजेक्ट एनसीसी जापानकी महिला संयोजक संघिता अधिकारी सुवेदीले संयोजन गर्ने निर्णय गरिएको छ।

महिलाहरुको आर्थिक पाटोलाई सपोर्ट गर्नको लागि संघको छुट्टै महिला कल्याणकारी कोषको स्थापना गर्न प्रक्रिया अगाडी बढाउने निर्णय सेमत बैठकले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *