महाधिवेशनमा भाग लिन पाउनुपर्ने माग राख्दै विदेशमा रहेका कांग्रेस समर्थकद्वारा सभापति देउवालाई ज्ञापनपत्र

Spread the love

विदेशी नागरिकता लिएका विदेशस्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा भाग लिनबाट बन्चित गर्ने तयारी गरेपछि ३३ देशका कांग्रेस कार्यकर्ताहरुले सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

विश्वभरबाट छरिएका कार्यकर्ताहरुको तर्फबाट पार्टी जनसम्पर्क समिति विभाग प्रमुख गोविन्द भट्टराईमार्फत उनीहरुले शुक्रवार सो ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले नेपाली जनसम्पर्क समितिहरुको तर्फबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वभर रहेका नेपाली जनसम्पर्क समितिले विधान र नियमावली संशोधन गर्न आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै पार्टी सभापति देउवाले विदेशमा रहेका कार्यकर्ताले उठाएको मागप्रति सकरात्मक रहेको बताउँदै आगामी केन्द्रीय समितिको बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपाली कांग्रेसको पछिल्लो संशोधित बिधान र पार्टीले जारी गरेको नियमावली बमोजिम प्रबासमा रहेका नेपाली काँग्रेसका आस्थावान तथा नेपाली जनसंपर्क समितिमा क्रियाशील सदस्यलाई पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्न र क्रियाशील सदस्यता लिन (नयाँ तथा नवीकरण) का लागि नेपाली नागरिकताको प्रतिलिपी अनिवार्य समाबेश गर्नुपर्ने ब्यवस्था गरे पछि विवाद उत्पन्न भएको छ ।

ज्ञापनपत्रमा पार्टीको विधानमा रहेको व्यवस्थाले बिदेशमा रहेका लाखौं नेपाली कांग्रेसका समर्थक एवंम दोस्रो पुस्ताका प्रायः सबै नेपाली युवा युवती पार्टीको सक्रिय सदस्य बन्नबाट बन्चित हुने भन्दै सभापति देउवाको ध्यानार्कषण गराइएको छ ।

१३ औं महाधिबेशनमा प्राप्त अधिकारसहित प्रतिनिधित्वको सुनिश्चितता गर्न उक्त धारा निलम्बन गरि सम्पूर्ण देशका नेपाली जनसम्पर्क समितिको अधिवेशन र विधानमा एकरुपताका लागि ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा विदेशस्थित नेपाली जनसम्पर्क समितिका सभापतिहरु, पूर्वसभापतिहरु, महाधिवेशन तथा महासमिति सदस्यहरु सहित ३३ देशका १३१ जना नेता तथा कार्यकर्ताको हस्ताक्षर रहेको नेपाली जनम्पर्क समिति बेल्जियममा पूर्वसभापति गंगाधर गौतमले जानकारी दिए । – नेपाल ब्रिटेन डट कम

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *