पोर्तुगलमा निधन भएका गणेशको आज अन्तिम दाह संस्कार : मोनाले गर्‍यो सबै व्यवस्थापन

Spread the love

नमस्ते नेपाली, लिस्बन । १२ जुनका दिन निधन भएका गणेश बानियाँको आज अन्तिम दाह संस्कार गरिएको छ । बेनी नगरपालिका म्याग्दीका ४० वर्षीय बानियाँ विगत ९ वर्षदेखि पोर्तुगल बस्दै आएका थिए ।

पोर्तुगलमा रहेका बानियाँका श्रीमती, छोरी र नेपालमा रहेका उनका भाइ, बाबा र आमाको सहमतिमा उनको दाह संस्कार पोर्तुगलमै गरिएको हो । उनको शव व्यवस्थापनको सबै प्रकृया म्याग्देली प्रवासी नेपाली संघ (मोना) पोर्तुगलले गरेको थियो ।

मोनाको क्षेत्रीय समिति अलेन्तेजुका अध्यक्ष मणीरत्न उपाध्याय पौडेलका अनुसार उनको शव व्यवस्थापनका लागि ३६ सय ५० युरो सङ्कलन भएको थियो । उनको अन्तिम दाह संस्कारमा २१ सय ८५ युरो खर्च भएको छ भने बानियाँकी छोरीको अनुरोधमा बचेको १४ सय ६५ युरो मोनाको आपतकालिन कोषमा राख्ने निर्णय भएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मोनाको आग्रहलाई स्वीकारेर आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण म्याग्देलीलगायत नेपालीहरुलाई अध्यक्ष टेक फगामी मगरले आभार तथा धन्यवाद व्यक्त गरेका छन् । मोनाले मृतआत्माप्रति हार्दिक श्रद्धाञ्जली एवम् चीर शान्तिको कामना र आफन्त तथा परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

मदिरा सेवन गरी साओ तेओतोनिओमा डुल्दै गरेका गणेश बाटामा लडेका बेला प्रहरीले उदिमेरा अस्पताल पुर्‍याएका थिए । उदिमेरा अस्पतालले उनको मृत्‍यु भएको जानकारी दिएको थियो ।

सन २०१० यता पोर्तुगलमा ३६ नेपालीले ज्यान गुमाएका छन् ।

मोनाको आभार र श्रद्धाञ्जली !

गत हप्ता शुक्रवार १२ तारिखको दिन दिवंगत हुनु भएका स्व. गणेश बानीयॉ को अन्तिम दाह संस्कार तथा श्रद्धांजलि कार्यक्रम पोर्तुगल को बेजा स्थित फेरेईरा मा सम्पन्न भएको छ। मोना पोर्तुगल र ग़ैर आवासीय नेपाली संघ पोर्तुगल को सहकार्य मा गरिएको श्रद्धांजलि कार्यक्रम मा क़रीब ५० जना नेपालीजन हरुको उपस्थिति थियो । हामी मोना पोर्तुगल को नेतृत्वमा अन्तिम दाह संस्कार तथा श्रद्धांजलि कार्यक्रम विशेष आर्थिक सहयोग का लागी पोर्तुगल निवासी सम्पुर्ण म्याग्देली हरु लगायत नेपालीजन माझ आव्हान गरेका थियौं। हामीले मोना पोर्तुगल केन्द्र र मोना पोर्तुगल क्षेत्र बाट जम्मा ३६५० युरो आर्थिक सहयोग संकलन गरेका थियौं। जसमध्ये शव दहन र अन्य खर्च (२१८५ युरो ) कटाएर बॉकी रहेको रकम (१४६५ युरो) स्व. गणेश बानीयॉ को छोरि को आग्रह मा मोना पोर्तुगल को राहत कोष मा जम्मा गरेका छौं । हाम्रो आग्रह लाई स्विकारेर आर्थिक, भौतिक र नैतिक तवर ले सहयोग गर्नु हुने मनकारी सम्पुर्ण म्याग्देलीजन हरु लगायत सम्पुर्ण नेपालीजन हरु लाई मोना पोर्तुगल हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं । अन्तमा स्व. गणेश बानीयॉ प्रति भावपुर्ण श्रद्धांजलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौं । धन्यवाद ।

– टेक फगामी

अध्यक्ष

मोना पोर्तुगल

– मणी रत्न उपाध्याय पौड्याल

क्षेत्रिय अध्यक्ष मोना अलेन्तेजो

तथा सम्पूर्ण मोना पोर्तुगल परिवार

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *