चिनियाँ र नेकपाबीचको भिडियो कन्फरेन्स विवादमा

Spread the love

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच हुने भर्चुअल संवादबारे नेकपामा विवाद देखिएको छ । विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेकोमा सो पार्टीको विदेश विभागले असन्तुष्टी जनाएको छ ।

नेकपाको स्कुल विभागले आयोजना गरेको भनिएको यो कार्यक्रमबारे विदेश सम्बन्ध राख्ने वैधानिक निकाय विदेश विभागले अनविज्ञता प्रकट गर्दै आफुहरुसँग कुनै समन्वय नै नभएकाले त्यसबारे आफुहरुलाई कुनै जानकारी नभएको प्रष्ट पारेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुवै देशका पार्टी नेताहरुबीच विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान गर्न भिडियो कन्फरेन्स हुँदैछ । तर यस्तो महत्त्वपूर्ण विषयमा समेत सो पार्टीका विदेश विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले कुनै जानकारी नभएको भन्दै केही नसोध्न आग्रह गरेका छन् ।

‘पार्टीको विदेश सम्बन्ध राख्ने बैधानिक फोरम भनेको विदेश विभाग हो । तर, विदेश विभागलाई यसबारेमा केही पनि थाहा छैन,’ विदेश विभाग उपप्रमुख रिजालले भने ।

नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा हुने कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी हुँदैछन् ।

भर्चुअल सम्बादमा बेइजिगबाट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओ लगायतका नेता सहभागी हुँदैछन् । – रातोपाटी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *