सडकले दिएको सास्ती : पहिरोको जोखिमले घरै छोड्न बाध्य

Spread the love

रुकुमपूर्व । असार महिना लागेसँगै सिस्ने गाउँपालिका- ५ का कमल नेपालीलाई भोक निद्रा हराएको छ । घरमाथि रहेको सडकबाट पहिरो खसेर घर बगाईदिने डरले उनको भोक निद्रा हराम भएको हो ।

कमलजस्तै सपना परियारलाई पनि वर्षात लागेसँगै चिन्ता बढेको छ । पहिरोकै डरले सपना नेपालीका ४ जनाको परिवार घरै छोडेर हिड्ने निधो गरेकी छिन् । वर्षातका कारण सडकमाथिबाट पहिरो आएर घर बग्ने डरले अन्तै झुप्रो हालेर परिवार जोगाउँने निधो गरेको उनले बताइन् ।

गत फागुन महिनामा रुमालबारादेखि मैदानसम्म निर्माण गरिएको सडकमा पहिरो खस्न थालेपपछि कमल र सपनाले बसाई हिड्नु परेको हो । उक्त सडक निर्माणको लागि सिस्ने गाउँपालिकाले रु २ लाख रुपैयाँ खर्च गरेको थियो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

सडक निर्माण गर्दा आवश्यक तारजाली र पर्खाल निर्माण नहुँदा उनीहरुको घर जोखिममा परेको हो । सिस्ने गाउँपालिका-५ का अध्यक्ष सान्तेबहादुर विकले जोखिमा परेको घरको अनुगमन गरेको बताएका छन् ।

‘बजेट अभावका कारण सडक निर्माणमा केही समस्या भएको हो’, वडाध्यक्ष बिकले भने, ‘पीडित परिवारलाई पहिलो चरणमा राहत वितरण गरिए पनि बास व्यवस्था गर्न सकिएको छैन ।’ चिना बिकले राजधानीमा समाचार लेखेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *