नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुग्यो, २२ को मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६७१ जनामा संक्रमण देखिएको हो। आज थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको प्रवक्ता डा गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ । कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *