ओमान, मलेशिया र कुवेतबाट नेपाली फर्कदै

Spread the love

काठमाडौँ : विदेशमा अभरमा परेका नेपाली आज पनि स्वदेश फर्कदैछन्। आज ओमान, मलेशिया र कुवेतबाट नेपालीहरु स्वदेश आउन लागेका हुन्।

कुवेतबाट १५० नेपाली लिएर जजिरा एयर आउँदैछ। ओमानबाट १४७ नेपाली फर्कदैछन्। सलाम एयरको विमान ओमानको समय अनुसार विहान ८ बजे त्यहाँबाट उड्ने छ। उक्त विमान त्रिभुवन विमानस्थलमा दिउँसो २ बजे अवतरण हुने छ। ओमानबाट आउने सबैको पिसिआर परीक्षण भएको छ। सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा ल्याउन लागेको हो।

मलेसियाबाट हिमालय एअरलाइन्सको चार्टर्ड विमानमा नेपाली आउन लागेका हुन्। – नागरिक

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *