इनासद्वारा एनआरएनए अष्ट्रियाका अध्यक्ष चौलागाइँलाई बहिष्कार गर्ने घोषणा

Spread the love

नमस्ते नेपाली, अष्ट्रिया । नेपाली समाजमा पदबारे एउटा उखान छ ‘छेपारोले घोचा समातेजस्तो’ । यो उखान गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद अष्ट्रियाका अध्यक्ष बिनोद चौलागाइँलाई ठ्याक्कै मिलेको छ । आफ्नो बहुमत कार्यसमितिले मात्र होइन, क्षेत्रीय समन्वय परिषद र संस्थाहरुले समेत भटाभट बहिष्कार गर्ने घोषणा गर्दा पनि चौलागाइँले छेपारोकै उखान चरितार्थ गर्दैछन् ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रियाले पनि आज एक विज्ञप्ति जारी गर्दै चौलागाइँले पद त्याग नगरुञ्जेल बहिष्कार गर्ने घोषणा गरेको छ । संस्थामा विवादै विवाद मच्च्याएर चौलागाइँले अष्ट्रियावासी नेपालीहरूको शिर झुकाएको दाबी पनि गरिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उनले एनआरएनए अष्ट्रियाको अध्यक्ष पदमा जबरजस्त रहँदासम्म कुनै सहकार्य नगर्ने घोषणा भएका छन् । एनआरएनए क्षेत्रीय समन्वय परिषद साल्जबर्ग, नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रिया र इनास अष्ट्रियाले उनको कार्यकालभर बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।

इनास अष्ट्रियाको विज्ञप्ति हेर्नुहोस् :

गैर आवासीय नेपाली संघ अष्ट्रियाको नयाँ नेतृत्व २०१९-२०२१ गठन भएपश्चात समस्त अष्ट्रियावासी नेपालीहरूको प्रतिनिधित्व गर्दै विश्वभर रेहका नेपालीहरूमाँझ उपस्थित हुनुपर्नेमा त्यसको ठिक विपरितका असामाजिक गतिविधीहरूका कारण अष्ट्रियावासी नेपालीहरूको शिर झुकेको कुरा सवैमा सर्वविदितै छ ।

यसरी आम गैर आवाशिय नेपालीहरूको प्रतिनिधित्व गर्ने संस्थाका नेतृत्वकर्ताहरू नै विवादै-विवादमा लिप्त भएको कारण यस २०१९ / २०२१ (हालको कार्य-समिती) को कार्यकाल रहेसम्म इनास अष्ट्रिया एन आर एन ए अष्ट्रियासंग कुनै पनि सहकार्य गर्न असर्मथ रहेको जानकारी गराउदछौ ।

स्मरण रहोस्, इनास अष्ट्रियाको भव्य रूपमा समुद्घाटन कार्यक्रम भईरहदा एन आर एन जस्तो गरिमामय वोकेको संस्थाका आधिकारिक व्यक्तिले हाम्रो निमन्त्रणा अस्विकार तथा संस्थाका पदाधिकारीहरूसंग अनावश्यक लिखित तथा मौखिक स्पष्टिकरणको माग गरेर मानशिक रूपमा विचलित वनाउने प्रयास समेत गरेका थिए ।

इनास र एन आर एन को सम्वन्ध केन्द्रदेखी स्थानिय तहसम्म नङ र मासु जस्तै रही सदैव सहकार्य गर्दै आईरहेको हुदा आगामी दिनहरूमा अष्ट्रियामा पनि विवादरहित नेतृत्व उदाएको खण्डमा समन्वय तथा सहकार्य गर्नेमा इनास अष्ट्रिया पुर्ण विश्वास राख्दछ ।

इनास सदैव सामाजिक सद्भाव तथा समन्वय कायम गर्दै नेपाली श्रष्टा, सर्जक, कलाकर्मी, कला तथा कला अनुरागीहरूको साझा घरको रूपमा उपस्थित हुदै आईरहेको साझा संस्था भएकोले समाजमा कलाप्रेमीहरूको भावनामा ठेस नपुगोस् र निर्वाद रूपमा सवैले आ-आफ्नो कला खुलेर प्रस्तुत गर्ने साझा अवसर प्राप्त गरून् भन्ने चाहनाका साथ विभिन्न विधामा रहेका कला तथा साहित्यानुरागीहरूका लागि सदैव ढोका खुल्ला रहेको समेत जानकारी गराउदछौ ।

नोट:- यो नितान्त अष्ट्रियावासी नेपालीहरूको चासोको विषय र हामी यसै समाजमा रहेर सामाजिक गतिविधीहरू गर्नुपर्ने हुदा समाजमा भईरहेका नकारात्मक कृयाक्लापहरूमाथी सचेत गराउनु समाजमा स्थापित संघसंस्था, एक सचेत नागरिक तथा एन आर एन पंजिकृत सदस्यको हैसियतले पनि हामी सवैको दायित्व हो ।

(माथी उल्लेखित भनाईहरूका आधारमा कही कतैवाट इनासको नाम जोड्दै वढाईचढाई गरेर मिडियावाजी नगरियोस् भन्ने सवैमा हार्दिक अनुरोध गर्दै यस विषयमा इनास अष्ट्रिया अत्यन्त सचेत रहेको समेत जानकारी गराउदछौ । )

जय इनास- इनास अष्ट्रिया परिवार

(फोटो : चौलागाइँको फेसबुकबाट)

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *