संक्रमितको संख्या ६२११ पुग्यो : मृत्यु हुनेको सङ्ख्या १९

Spread the love

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४५१ जनामा कोरोना भाइरस कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ४१६ पुरुष र ३५ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

नयाँ थपिएसंगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६ हजार २११ पुगेको छ । जसमा ५७४० पुरुष र ४७१ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म १०४१ पुगेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । हालसम्म ७३ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । – राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *