रूकुम हत्या प्रकरण : ३४ जनाविरुद्ध मुद्दा

Spread the love

रूकुम : रूकुम पश्चिमको चौरजहारी-८ सोतीमा जेठ १० गते भएको घटनामा ३४ जना प्रतिवादी बनाइएका छन्। सरकारी वकिल कार्यालयले ती आरोपितविरुद्ध आजीवन कारावास माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

सोतीमा सामूहिक आक्रमण हुँदा ६ जना युवा मारिएका थिए। त्यसकारण पीडितको न्यायका लागि आजीवन कारावास माग गरिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ। घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले बताए।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अभियुक्तमध्ये दुई जना बालबालिका छन्। एक जनालाई मतियारका रुपमा राखिएको छ। ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछूत कसुरविरुद्धको मुद्दा चलाइएको स्रेस्तेदार बोहराले बताए। ‘धेरै मान्छे भएकाले आइतबार मुद्दा दर्ता मात्रै भएको छ’, उनले भने, ‘सोमबार थुनछेक बहस सुरु हुन्छ ।’

२९ जना पक्राउ परेको र बाँकी ५ जना फरार रहेको प्रहरीले जनाएको छ। उक्त घटनामा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दीप विक र चौरजहारीका टीकाराम सुनारको ज्यान गएको थियो। पीडित परिवारले जेठ १३ गते २० जनाविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेका थिए।

प्रहरीले उक्त घटनामा स्थानीयको कुटाइबाट युवाहरूको ज्यान गएको निष्कर्ष निकालेको छ। आक्रमणको त्रासपछि भाग्दै गरेका युवालाई स्थानीयले योजनाबद्ध रूपमा लखेटेर कुटेको प्रहरीले जनाएको भनाइ छ। टिकाराम खनालले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *