पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो, तीन जनाको खोजी हुँदै

Spread the love

पर्वत : पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी गए राती पहिरोमा पुरिएका ९ जनामध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन जना बेपत्ता रहेका छन् ।

घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिंदा दुई परिवारका ९ जना पुरिएका हुन् । पहिरोमा पुरिएका मध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दिपा थापा र तथा अर्को परिवारका कमला विक र प्रमिशा विकको शव भेटिएको हो ।

थप तीन जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजी कार्य जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धी सुवेदीले जानकारी दिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

घटना घटे लगत्तैदेखि अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् । गएराती १ बजेसम्म खोजी गरे पनि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएको थियो । आज बिहानवाट पुनः उद्धार कार्य सुरु गरिएपछि तीन जनाको शव फला पार्न सफल भएको प्रहरीले जनाएको छ । तीन जनाको भने राती नै शब भेटिएको थियो ।

शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरूका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटरभन्दा माथिबाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रभु गुरुङले जानकारी दिए । माया अधिकारीले अन्नपूर्ण पोष्टमा समाचार लेखेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *