३ मंसिर, काठमाडौं । निर्मला पन्त प्रकरणलाई सामाजिक सञ्जालमा सनसनी बनाएको अभियोगमा कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई जिल्ला अदालतले एक घण्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको छ ।
उनी मंगलबार नै छुट्नेछन् । निर्मला प्रकरणमा विवादमाथि विवाद थप्ने काम गरेको भन्दै अदालतले उनलाई कैद र जरिवाना सुनाएको हो । अदालतले सजाय सुनाएसँगै उनी जेल चलान पनि भएका छन् ।
उनले एक रुपैयाँ जरिवाना पनि तिरेका छन् । भण्डारीले अदालतको फैसलामा अत्यन्त तानाशाही भाषा प्रयोग गरिएको समेत बताएका छन् । उनले फैसलालाई लिएर न्यायपरिषद, पुनरावेदन र सर्वोच्चमा जाने बताए।