मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, ९ जना बिरामी

Spread the love

३ मंसिर, बैतडी, मंसिर ३ । ‘मरेको कुखुराको मासु खाँदा’ मंगलबार बैतडीमा एक किशोरीको मृत्यु भएको छ । एकै परिवारका ९ जना बिरामी छन् ।

मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२, जरसौंका १५ वर्षीया पुष्पा पार्की हुन् ।

गएको शनिबार साँझ मरेको कुखुराको मासु घर–परिवारका सबै सदस्यले खाएका थिए । उनीहरु आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले बताए ।

मासु खाएपछि बान्ता हुने, झाडापखालालगायतका लक्षण देखिएको बताइएको छ ।

शनिबार रातिदेखि नै बिरामी पुष्पाको मंगलबार घरमै मृत्यु भएको हो ।

मासु खाएपछि स्थानीय ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की बिरामी भएका छन् ।

बिरामीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले औषधि दिएपनि ठीक भएन । थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगिएको महादेवस्थान स्वास्थ्यचौकीका अहेव राधिका कुँवरले जानकारी दिइन् ।

प्रहरीले भने घटनाकाबारेमा जानकारी नभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *