मंसिर १, रौतहट- जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ ।
रौतहट बम बिस्फोटका आरोपित पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै काठमाडौं आएका कटवालको आइतबार मकवानपुर जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा गरिएको छ ।
आलमको मुद्दामा अनुसन्धान भए लगत्तै प्रहरीले कटवालको सुरक्षाका लागि अंगरक्षक खटाएको थियो ।
आलमको विरुद्ध सरकारी वकिलकोतर्फबाट मुद्दा दायर गरेका कटवालले सुरक्षा थ्रेट रहेको भन्दै शुक्रबार नै अन्यत्र सरुवा गर्न महान्यायधिवक्ताको कार्यालयलाई आग्रह गरेका थिए ।
यस्तै आलमलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकालसमेत रौतहटबाट शुक्रबार राति नै काठमाडौं आएका छन् ।