चीनले खटायो हङकङमा जनमुक्ति सेना

Spread the love

एजेन्सी, ३० कार्तिक, हङकङ : हङकङमा चीनले आफ्ना जनमुक्ति सेना तैनाथ गरेको छ । ६ महिनादेखि जारी प्रदर्शनलाई नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना खटाइएको बताइन्छ ।

शनिबार मात्रै ती सेनाले हङकङका सडकमा अवरोध हटाउँदै छन् । जनमुक्ति सेनाले भने आफू शान्ति कायम गराउन यहाँ आएको प्रतिक्रिया दिएको छ ।

गत वर्ष मात्रै हङकङमा विनाशकारी आँधी आउँदा चिनियाँ जनमुक्ति सेना उद्धारका लागि खटिएका थिए । अहिले भने चीनले यसरी तैनाथ गरेको कार्य हङकङको कानून सम्मत मानिदैन ।

हङकङको प्रदर्शनबारे चिनियाँ सेनाले पटक पटक टिप्पणी गर्दैआएको थियो । हङकङ प्रदर्शनलाई चीनले ‘हिंसात्मक घटना’, ‘अराजक भीड’ तथा ‘प्रायोजित भीड’ जस्ता टिप्पणी गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *