नेकपाको बालुवाटार बैठकबाट प्रवास कमिटी नबनाउने निर्णय

Spread the love

२५ कार्तिक, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ‌(नेकपा) को सचिवालय बैठकले सांगठनिक एकताको टुंगो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले विभिन्न आयोगका अध्यक्ष र सचिव टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक रोकाया चयन भएका छन्। त्यसैगरी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णु पुकार श्रेष्ठ, सचिव माधव पौडेल, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्षमा पुष्प कडेँल, सचिव टेकनाथ आचार्य चयन भएका छन्। नेकपाको विधानमा केन्दीय आयोग बनाउने व्यवस्था रहेको छ।

सचिवालय बैठकले केन्द्रीय सल्लाहकार कमिटी अध्यक्ष केशव बडाल, सचिव नन्दकुमार थापा, जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष नन्दकुमार प्रसाई, सचिव गोविन्द ज्ञवालीलाई चयन गरेको छ।

नेकपाले प्रवास कमिटीले नबनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले प्रवासमा रहेका नेपालीलाई कसरी समेट्ने भन्ने विषयमा पार्टीमा थप छलफल गरिने बताए। श्रेष्ठले पार्टीको बैठकमा मन्त्री परिषद् फेरबदलबारे छलफल नभएको बताए।

सीमानाका विषयमा छलफल

नेकपा सचिवालयमा भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको सन्दर्भमा गम्भीर रुपमा लिएको छ। बैठकमा सरकारले भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यमार्फत भारतको ध्यानाकर्षण गराइसकिएको प्रधानमन्त्रीले बताएको श्रेष्ठले जानकारी दिए। ‘ सरकारको अडान विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको र कूटनीतिक संयन्त्रमार्फत समस्या समाधानका लागी सरकार लागेको प्रधानमन्त्रीले जानकारी बैठकमा गराउनुभयो।’ श्रेष्ठले भने-‘ प्रधानमन्त्रीले अब दुई देशबीच वार्ता गर्न आफ्नो आधिकारिक प्रस्ताव तयार गर्ने गृहकार्यमा सरकारले लागेको जानकारी बैठक दिनुभयो।’

उनले अब प्रमाण संकलन भएसँगै भारतसँग उचित कुटनीतिक संयन्त्रमा छलफल अगाडि बढाइने बताए। नेपालको सीमाको रक्षा गर्न र अतिक्रमण भूभाग फिर्ता गर्न नेकपाको सरकार प्रतिबद्ध रहेको श्रेष्ठले प्रस्ट पारे।

भारतले नेपालको लिपुलेकलगायतका भूभागसमेत राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा चौतर्फी विरोध भएको छ। सत्तारूढ नेकपादेखि अन्य दलले यस विषयमा सत्यतथ्य सार्वजनिक गरी कूटनीतिक माध्यमबाट भारतसँग संवाद गर्न आग्रह गरेका छन्। भारतको हेपाहा प्रवृत्तिको जमेर विरोधमा उत्रन राजनीतिक दलले देशभक्त नेपालीलाई आग्रहसमेत गरेका छन् । – अन्नपूर्ण

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *