२४ कात्तिक, काठमाडौं । भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवका २० कार्यकर्ता पक्राउ परेका छन् । पूर्व निर्धारित कार्यक्रमअनुसार आइतबार माइतीघरमा विरोध प्रदर्शन गर्दा उनीहरु पक्राउ परेका हुन् ।
भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा देसभार प्रदर्शन भइरहेका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदरबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको बताए ।
सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि २८ फागनु २०७५ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसयता पहिलो पटक विप्लव समूहका कार्यकर्ता सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।