प्रदेशसभा उपनिर्वाचनमा शाही र शेरचनबीच कडा प्रतिष्पर्धा हुने अनुमान

Spread the love

बागलुङ । बागलुङ २ (ख) मा दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन र समाजवादी पार्टीबाट अशोककुमार विकले पनि उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट नीमबहादुर भण्डारीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । प्रदेशसभा उपनिर्वाचनमा शाही र शेरचनबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । २०७४ को निर्वाचनमा स्वर्गीय घर्ती ११ हजार ८ सय ४४ मतसहित विजयी भएका थिए । उनले कांग्रेसका शेरचनलाई ३ हजार २ सय २० मतको अन्तरले पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *