नयाँ प्रदेश प्रमुख : कुन प्रदेशमा को सिफारिस ?

Spread the love

१८ कार्तिक, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ। सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो।

गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (काश्की), तिलक परियार (बाँके), शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा सिफारिस भएका छन् ।

चितवनका शेरचन पूर्वउपप्रधानमन्त्री समेत हुन् । एक समय जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका शेरचन माओवादी हुँदै अहिले नेकपामा सक्रिय थिए ।

कास्कीका अधिकारी पूर्वसभासद हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारको दाबेदार थिए । बाँकेका तिलक परिवार पूर्वसभासद हुन् ।

प्रदेश प्रमुखमा सिफारिस भएका सिराहाका यादव नेकपाका केन्द्रीय सदस्य समेत हुन् ।

यस्तै बैतडीका कलौनी ०४८ मा शेरबहादुर देउवासँग चुनाव लडेका थिए । एमाले फुटेर माले बन्दा त्यता गएका उनी पछिल्लो समय तत्कालीन एमालेमा सक्रिय थिए ।

प्रसाई मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार थिए । यस्तै चितवनकी त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले वेपत्ता पारेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् । सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन ।

सचिवालयमा प्रदेश प्रमुख टु‌ंगो लगेपछि सोमबार नै मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको प्रक्रियाअघि बढाउने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *