हङकङ – हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला रहेका छन्। मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन् । गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको अस्पतालमा उपचार भइरहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।
यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन् । अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो ।
हङकङका मिडियाहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको अधिकारीहरूले बताएका छन् ।