भियन्ना । अष्ट्रियाको राजधानी भियन्नामा एउटी नेपाली महिलाले आफ्ना तीन बालबालिकाको विभत्स हत्या गरेकी छन् । ३१ वर्षीया महिलाले आफ्ना दुई छोरी र एक बालकको हत्या गरेकी हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाले आफ्ना बालबालिकाको हत्या गरेको स्वीकारेकी छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनले बालबालिकाको घाँटी थिचेर हत्या गरेकी थिइन् ।
‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :
आफ्नै छोराछोरीको हत्या गरेकी ती महिलाले बिहान ५:२० बजे प्रहरीलाई खबर गरेकी थिइन् । छोराछोरीको हत्या गरेपछि महिलाले आत्महत्या गर्ने सोच बनाएको प्रहरीले बताएको छ ।
प्रहरी अपार्टमा पुग्दा तीन वर्षीया बालिका र आठ महिने बालकको ज्यान गइसकेको बताइएको छ । सख्त घाइते नौ वर्षीया बालिकालाई तत्काल अस्पताल पुर्याइए पनि उनको पनि दु:खद निधन भएको थियो । पारिवारिक झगडाका कारण ती महिलाका श्रीमान् अर्कै अपार्टमा रहेको त्यहाँका एक एनआरएनएका पदाधिकारीले बताएका छन् ।