कारागार सुरक्षाको जिम्मा सेनालाई

Spread the love

बैतडी : कारागार कार्यालय बैतडीको सुरक्षामा शुक्रबारदेखि नेपाली सेना परिचालन गरिएको छ । कारागार र विकास आयोजनासहित महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयअनुसार नै सेनालाई परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

कारागार सुरक्षाको जिम्मा बैतडीमा रहेको हनुमानध्वज गुल्मका सेनालाई दिइएको हो । केही दिनअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला कारागारको सुरक्षाको जिम्मेवारी सेनालाई दिने निर्णय गरिएको थियो ।

यसअघि कारागारको सुरक्षा दिइरहेका नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रण क्षेत्रमा खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी बताए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नेपाल सरकारले अर्को व्यवस्था नगर्दासम्म जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रणको क्षेत्रमा परिचालन र सेनालाई कारागार र जलविद्युत्को क्षेत्रको सुरक्षालगायत महत्त्वपूर्ण प्रतिष्ठानमा पठाउने निर्यण यसअघि नै गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *