भक्तपुरमा वर्षभर दुःख दिने भूत भगाइयो

Spread the love

भक्तपुर, भक्तपुरमा वर्षभरि दुःख दिने भूतलाई भगाइएको छ । तामाङ समुदायले सोनाम ल्होछार २८५६ नजिकिएसँगै विभिन्न अनुष्ठान आयोजना गरी वर्षभर दुःख दिने भूत भगाएका हुन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–६ स्थित उर्गेन सांगे छ्योइलिड तामाङ गुम्बामा ह्याङला आदिवासी तामाङ समाजको आयोजनामा सामूहिक रूपमा भूत भगाउने अनुष्ठान अर्थात् ध्यासी सम्पन्न भएको छ ।

विभिन्न समयमा भूतप्रेतले दुःख दिएको र यसलाई भगाउन तामाङ समुदायले घरघरमा अनुष्ठान आयोजना गर्ने गरेको समाजका अध्यक्ष कर्मा लोप्साङ वाइवाले जानकारी दिए ।

अनुष्ठान तीन दिनसम्म गर्नुपर्ने भए पनि गुम्बामा लामा गुरुले पाठ गरी एकै दिनमा अर्थात् ९ माघमा भूत भगाइएको एक लामा गुरुले जानकारी दिए ।

पूजा गर्दा पहिला गौतम बुद्धको दाहिने हातसहितको मण्डला बनाई जग्गे स्थापना गरिन्छ । यसपछि त्रिपिटकको सार पारामिति (बुम १२ ठेली)को पाठ गरी भूतप्रेतहरूलाई ध्यासी पूजा अर्थात् (४०० पूजा) गरी पन्छाइन्छ ।

वर्ष दिनमा लागेको रोगव्याधि, दशाग्रह शान्तिका लागि जीवनमा दुःख दिने ४ मार देवपुत्रमार, मृत्युमार, स्कन्दमार र क्लेसमारलाई पन्छाउन प्रत्येक सोनाम ल्होछारअघि यस्ता अनुष्ठान लामा गुरुहरूको उपस्थितिमा गरिँदै आइएको छ । सञ्जीव दुलालले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *