१९ लाख रुपैयाँ घुससहित तीन जना इन्जिनियर पक्राउ

Spread the love

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाबाट झण्डै १९ लाख रुपैयाँ घुससहित तीन जना इन्जिनियरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सिभिल इञ्जिनियर विनोद साह, इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साह छन् ।

अख्तियारको बर्दिबासबाट खटिएको टोलीले तीन लाख घुस रकमसहित विनोद दासलाई लहानमा रहेको कार्यालयबाट नै पक्राउ गरेको हो ।

यस्तै, इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । – राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *